दफा
निजामती सेवाको पदमा नियुक्ति
(१) निजामती सेवाको राजपत्रांकित पदमा नेपाल सरकारलेनियुक्ति गर्नेछ र त्यस्तो नियुक्तिको सूचना नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।
(२) निजामती सेवाको राजपत्र अनंकित पदमा विभागीय प्रमुखले नियुक्ति गर्न सक्नेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यालय प्रमुखले आफ्नो रआफ्नो मातहतका कार्यालयका राजपत्र अनंकित र श्रेणीविहीन पदमा नियुक्ति गर्न सक्नेछ ।